नियम १०२
बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
सेवा निवृत्त निजामती कर्मचारीले बुझाउनु पर्ने सरकारी नगदी,
जिन्सी र कागजात नियमानुसार नबुझाएमा त्यसरी नबुझाएको अवधिसम्मको लागि निजले पाउने उपदान वा निवृत्तभरण रोक्का गर्न
सकिनेछ । त्यस्तो सरकारी नगदी, जिन्सी र कागजात बुझ्नु पर्ने निजामती कर्मचारीले पनि तोकिएको समयमै बुझिलिनु पर्नेछ ।